सरकारी सेवा प्रदायक नेपाल टेलिकमको मोबाइल फोन सेवामा बुधबार समस्या आएको छ । यसले गर्दा लाखौँ सेवाग्राही प्रभावित भएका छन् ।
एनटिसीको प्रिपेड र पोस्टपेड मोबाइल सेवा अवरद्ध भएको छ । टेलिकमका धेरैजसो मोबाइल फोनमा सम्पर्क नै स्थापित हुन सकेको छैन भने सम्पर्क भएपनि राम्रो कुराकानी हुन सकेको छैन । तर ल्याण्ड लाइन सेवामा भने समस्या देखिएको छैन ।
अन्य निजी सेवा प्रदायक एनसेल, स्मार्ट सेल लगायतको फोन भने सुचारु छ । एनटिसीको सिस्टममा बारम्बार यस्तो समस्या देखिँदै आएको छ । टेलिकमको मोबाइल फोनमा समस्या आएको यो पहिलो पटक होइन । यसअघि पनि पटक पटक टेलिकमको मोबाइल फोनमा समस्या आउने गरेको थियो ।
नेपालको दूरसञ्चार प्रणालीमा पटक पटक यस्ता समस्या देखिने गरेपनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारवाही गर्न नसक्दा गुणस्तरीय सेवा प्राप्त गर्नबाट सेवाग्राहीहरु भने ठगिँदै आइरहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया