सुनको मूल्यमा उच्च वृद्धि, चैत्र महिनाकै महंगो बन्यो

0
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । बिहीबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

आज कायम भएको सुनको मूल्य चैत्र महिनाकै महङ्गो हो । महासंघका अनुसार चैत्र महिनामा सुन तोलको न्यूनतम ८५ हजार ६०० रुपैयाँसम्म झरेको थियो । पछिल्लो पटक फागुन १३ गते प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा त्यसपछि सोभन्दा कम मूल्यमा कारोबार हुँदै आएको थियो ।  बैशाख सुरु भएसँगै विवाहको सिजन लाग्ने भएकाले पनि सुनको भाउमा वृद्धि भएको हो ।

मंगलबार देखि निरन्तर उकालो लागेको सुनको मूल्य बुधबारको तुलनामा बिहीबार प्रतितोला १ हजार रुपैयाँले बढेर ८९ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी बिहीबार तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६० रुपैयाँ तोकिएको छ । चाँदी भाउमा पनि बुधबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ चैत्र २०७७, बिहिबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।