शुक्रबार २८८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

नेपालमा शुक्रबार २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७१ पीसीआर परीक्षण गर्दा २८८ जनामा पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । हालसम्म २३ लाख ६ हजार २४४ पीसीआर परीक्षण भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२७ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ७३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालले जनाएको छ ।

हालसम्म ८४ जना क्वारेन्टाइनमा छन् भने २ हजार ६१५ जना आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमणबाट ३ हजार ३८ जनाको मृत्यु भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार  १६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।