श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस वितरण

0
Shares

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) को बोनस वितरण भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव भई कम्पनीका गत पुस २९ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजीको ७.३७ प्रतिशत बोनस वितरण भएको हो ।

फाइनान्सको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलका अनुसार २६ औं वार्षिक साधारण सभाको प्रयोजनार्थ शेयरधनी किताब बन्द (बुकक्लोज) मिति अर्थात पुस १५ गतेसम्म आफ्नो शेयर डिम्याट गारएर अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हितग्राही खातामा चैत २४ गते मंगलबारदेखि शेयर जम्मा गरिएको हो ।

साथै हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीले भने शेयर अभौतिकिकरण गराएपछि मात्र बोनस शेयर वितरण गरिने हुनाले शेयर अभौतिकिकरण गर्न अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत्र २०७७, आइतबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।