
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार ९०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ४०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ८९ हजार ५०० रुपैयाँ, तेजावी ८९ हजार ५० रुपैयाँ र चाँदीको भाउ १ हजार २७५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ९०० रुपैयाँ, तेजावी ८९ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारको तुलनामा आइतबार चाँदी तोलाको ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया