सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, भेषजा काफ्ले महिला सञ्चालक नियुक्त

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शनिबार सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले महिला सञ्चालकमा भेषजा काफ्लेलाई निर्वाचित गरेको छ ।  काफ्लेलाई बैंकको सर्वसाधारण शेयरधनीहरूले निर्वाचित गरेका हुन् ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्षले आ.व.२०७६/७७ मा बैंकले ३ करोड २ लाख ३८ हजार सञ्चालन नाफा आर्जन गरेको बताए ।

ग्त आवको अन्त्यसम्ममा बैंकले ३ अर्ब ६६ करोड ४६ लाख रूपैयाँ निक्षेप संकलन गरेको तथा कर्जा लगानीमा रहिरहेको रकम २ अर्ब ८५ करोड ७८ पु¥याएको उनले जानकारी दिए ।

सभामा सञ्चालक हेमराज सुबेदीले स्वागत मन्तव्य, सञ्चालक डा.अर्जुन कुमार बरालले धन्यवाद मन्तव्य राख्नु भएको सो सभा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले सञ्चालन गरेका थिए ।

बैंकले कर्पोरेट कार्यालय सहित ३२ वटा कार्यालयहरूबाट बैकिङ्ग सेवा दिईरहेको छ । ग्राहकहरूको सुविधाकालागि बैंकले निक्षेप संकलन गर्ने, कर्जा दिने, मोवाइल बैंकिङ, इसिसि, आइपिएस, आस्वा लगायत सबै प्रकारका बैकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत्र २०७७, आइतबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।