सुनचाँदी ब्यवसायी प्रदिप विश्वकर्माको गोलि हानी हत्या भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
लहान स्थित अमिता ज्वेलर्सका संचालक ४० बर्षिय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले शनिबार गोली हानी हत्या गरेका थिए । यो घटनाले मुलुकभरका सुनचाँदी ब्यवसायी लाई त्रसित र भयभित मात्र वनाएको छैन, यसले सिँगो मुलुकको सुरक्षा ब्यवस्था र ब्यवसायीक सुरक्षाको विषयमा समेत गम्भिर प्रश्नचिन्ह खडा भएको व्यवसायीको भनाई छ । 
सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्या पछि सो समूहले अमिता ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् ।
त्यसक्रममा उनकी श्रीमति अमिता विश्वकर्मा पनि घाइते भएकी छन् । लुटेरा समूहले उनकी श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएका हुन् । ब्यवसायी विश्वकर्मा श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएका थिए ।
ब्यवसाय सञ्चालनमा क्रममा यसरी लुटपाट तथा हत्या गरिनु अत्यन्तै निन्दनिय मात्र छैन यसमा सिङगो मुलुकमा विद्यमान शान्ति सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको छ । यसले आम ब्यवसायीलाई हतोत्साही मात्रै नवनाई चिन्तित र दुखित समेत तुल्याएको छ । महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस किसिमका घटना विगतमा पनि बारम्वार हुँदै आएका छन् । यस किसिमका आततायी कृयाकलापको नियन्त्रण गरी आम ब्यवसायीलाई निर्वाधरुपमा शान्ति सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व हो । यसतर्फ हामी सरकार एवं सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषिलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्थागरी शान्ति सुरक्षाको प्रत्याभूतिगर्न सुनचाँदी ब्यवसायीको माग छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया