
राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले खाद्य बैंकलाई कृषि क्रान्तिमा समाहित गर्नु आफ्नो उदेश्य रहेको बताएका छन् । राष्ट्रिय खाद्य बैंकले आफ्ना लगानीकर्ताहरु माझ शनिबार राजधानीमा समीक्षा बैठकमा अध्यक्ष उप्रेतिले बैकका उत्पादनमुलक कार्यक्रमहरु देशभर कार्यान्वनका तमा पुगको र सबै लगानीकर्ताहरु मिलेर त्यसलाई सफल बनाउनुपर्नेमा जोड दिए ।
उनले राष्ट्रिय खाद्य बैंकले नयाँ वर्ष ०७८ बैशाख २ गतेदेखि काठमाण्डौंको नयाँ बानेश्वरमा नवनिर्मित केन्द्रीय कार्यालयबाट काम थाल्ने जानकारी दिँदै त्यँहीबाट घनिभुत रुपले काम थाल्ने बताए । केन्द्रीय कार्यालयको समुद्घाटन भने उपयुक्त समयमा गर्ने उप्रेतिले बताए । राज्यलाई सहयोग गर्ने संस्था भएकोले प्रधानमन्त्रीलाई उद्घाटन गर्नेगरी समय माग गरेको उनको भनाई छ ।
केन्द्रीय कार्यालय उद्घाटन गरिसकेपछी क्रमशः प्रदेश स्तरमा पनि अफिस खोलेर अगाडि बढ्ने उनले बताए । अध्यक्ष उप्रेति भन्छन् ‘हाम्रा गतिविधिहरु करपोरेट ढंगले अगाडि बढ्छन् । हामी कमाउने कुरामै जोड गछौं । गुणस्तरसँग सम्झौता भने गर्दैनौं । नेपाल सरकारको विधि विधान अनुसार हामी अगाडि बढ्छौ’ । खाद्य बैकले आफ्नो बैकको लक्ष्य-उदेश्य बमोजिमका कार्यक्रमलाई घनिभुत रुपमा अघि बढाएको उनले बताए ।
कार्यक्रममा विउ विजन कठिनाइको विषय रहेको उनले बताए । हामी सबै ठाउँमा गयौं । नार्कमा समेत कुरा भो । मुसाको छोरी मुसा जस्तै भएको रहेछ । थोरै थोरै रुपमा भएपनि बिउ, मल लगायत व्यवस्था गरिनेछ । २२ जिल्लामा उत्पादन गर्ने धान, मकै, तोरी लगायत बाली लगाउने छौं–उनले भने ।
आर्थिक पारदर्शी भएर सरकारको मापदण्ड अनुरुपमा सञ्चालन र्खच समेत कम गर्दै तपाईहरुको घर घरमा हाम्रो उत्पादन ल्याउँछौं उनले भने । बैठकमा बैकका १०० भन्दा बढी लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया