सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

0
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ ८९ हजार ६ सय रुपैयाँ, तेजावी ८९ हजार १५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २७५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुनको भाउ ८९ हजार ५ सय रुपैयाँ, तेजावी ८९ हजार ५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्य सामान्य बढेपनि चाँदी स्थीर बनेको महासंघले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत्र २०७७, सोमबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।