नयाँ इकमर्स कम्पनी श्रींगार डटकम संचालनमा

0
Shares

नेपालमा अहिले बिस्तारै धेरै इकमर्स कम्पनीहरु संचालना आउदैछन् तथा केहि आउने क्रममा छन् । यसले नेपालमा इकमर्स को व्यापार बढ्दो छ भन्ने बुझिन्छ । तर धेरै जसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिस्रित आउने गरेका छन् ।

अनलाइन बाट किन्दा सामान राम्रो नभएको, डुप्लीकेट सामानहरु पाईएको तथा सामान समयमा डेलिभरी नभएको आदि आदि । यो समस्यालाइै चिर्दै नेपाली बजारमा ब्राण्डेड तथा ओरिजीनल सामानहरुमात्र विक्रि गर्ने गरी श्रृंगार डटकम नामक इकमर्स कम्पनी हालै मात्र नेपालमा शुरु भएको छ ।

श्रृंगार डटकम का व्यवस्थापक रवी दुवालका अनुसार, श्रृंगार डटकममा केवल ब्राण्डेड कस्मेटिक्स, स्कीनकेयर, तथा कपडाहरु खरिद गर्न सकिनेछ ।

यस कम्पनी मार्फत केवल ब्राण्डेड सामानहरुको बिक्रिगर्ने बिक्रेताहरुले आफ्ना सामानहरु बिक्रिगर्न सक्नेछन् । नेपाली युवा उद्यमीहरुले संचालन गरेको यो ईकमर्श कम्पनी गत बर्षको बैशाखदेखी परिक्षण संचालन गरिरहेको छ र यो बैशाख देखि पुर्ण रुपमा संचालनमा आउदैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० चैत्र २०७७, सोमबार  १४ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।