साढे १० लाख भ्रष्टाचारको आरोपमा अधिकृत सहित ७ जना विरुद्ध मुद्धा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा धार्चे कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे सहित ७ जना विरुद्ध आरोप पत्र दायर गरेको छ ।

गोरखा नौलीखोला तेश्रो लघु जलविद्युत आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा १० लाख ६३ हजार ५७ रुपैयाँ सरकारी रकम हिनामिना भएको पुष्ट्रि भएपछि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार आरोपत्र दायर गरिएकाहरुमा गाउँ कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे, तत्कालीन इन्जिनियर प्रविन वस्ती र सव–इन्जिनियर राम नारायण चौधरी रहेका छन्।

त्यस्तै आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ, कोषाध्यक्ष अनिता गुरुङ, वडा नं. ७ का वडा अध्यक्ष तथा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङ रहेको आयोगले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत्र २०७७, सोमबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।