आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 
लाभांश पारित गर्नका लागि कम्पनीले वैशाख १२ गते साधारण सभा आह्वान गरेको छ भने साधारण सभा प्रयोजनका लागि वैशाख २ गते बुक क्लोज गर्ने भएको छ । वैशाख १ गते नयाँ वर्षको सार्वजनिक विदाका कारण शेयर बजार बन्द रहने भएकाले उक्त कम्पनीको लाभांश लिने वा नलिने निर्णय आज गर्नुपर्नेछ ।
हाल इन्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७६ लाख ६४ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनी उक्त बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित गराउँदैछ।
४० प्रतिशत हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीले हाल कायम संस्थापक शेयर स्वामित्व ६० बाट ५१ प्रतिशतमा घटाउने र सर्वसाधरणको शेयर स्वामित्व ४० बाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पनि पारित गर्दैछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया