
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार ४ अर्ब ५० करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता डिबेन्चर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको “८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक वण्ड २०८४” अन्र्तगतको ४० लाख कित्ता र ५ लाख कित्ता मञ्जुश्री फाइनान्सले सर्वसाधरणका लागि बिक्री गरेको “९.५ प्रतिशत मञ्जुश्री फाईनान्स लि. ऋणपत्र २०८५” सूचीकृत भएको हो ।
उक्त डिबेन्चर सूचीकृत भएको दास्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया