सेवाग्राहीसँग घुस लिने मालपोत अधिकृत जोशीविरुद्ध आरोपपत्र दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीमाथी आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको छ ।

जोशीले २४ हजार घुस लिएको पुष्टि भएपछि आरोपत्र दायर गरिएको आयोगले जनाएको छ । जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरि रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा जोशीले सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराईदिने क्रममा घुस माग गरी लिएको पुष्टि हुन आएपछि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।