
नेपाली बजारमा विसं २०७८ सालको पहिलो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुन तोलाको ५०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको छ ।
मंगलबार सुन तोलाको १०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ, तेजावी ८९ हजार ५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी तोलाको २५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया