स्रोत नखुलेको ८ लाख सहित एक पक्राउ

0
Shares

नेपाल प्रहरीले श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साईकलमा सवार कलवारलाई मंगलबार दिउँसो महानगरपालिका–६० स्थित सडकबाट जाँच गर्ने क्रममा उक्त रकम सहित पक्राउ गरिएको हो ।

कलवारमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरितको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ बैशाख २०७८, बुधबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।