२०७८ सालको शेयर कारोबारमा पहिलो दिनमै नेप्सेले नयाँ उचाई हासिल गरेको छ । वैशाख २ गते बिहीबारको प्रि–ओपनिङ्ग सेसनमा नेप्से करिब २१ अंकले बढेर हालसम्मकै उच्च २ हजार ७३५ दशमलव ४० अंकमा पुगेको छ ।
नेप्सेको प्रि–ओपनिङ्गमा आज ५२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ५२ कम्पनीका १२ हजार ११३ कित्ता शेयर ७१ लाख ७९ हजार ७६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..












प्रतिक्रिया