ग्लोबल आइएमई र स्पर्श लघुवित्तको एकीकृत कारोबार वैशाख ८ गतेदेखि

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वीजिशन) गरेपश्चात वैशाख ८ गते बुधबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

गत असोज २० गते दुई संस्थाबीच प्राप्ती सम्वन्धि सहमति पत्रमा हस्ताक्षर भएको थियो । ग्लोबल आइएमई लघुवित्तले १ कित्ता शेयर बराबर स्पर्स लघुवित्तको ०.९० कित्ता कायम हुने गरी शेयर स्वाप अनुपातमा एक्वीजिशन गरेको हो ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिइसकेका छन्।

एकीकरण पश्चात बन्ने संस्थाले ग्लोबल आइएमई लघुवित्तको नामबाट कारोबार थाल्नेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहनेछ । दुवै कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार  ०९ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।