आइतबार चार अंकमा कोरोना सङ्क्रमित थपिए, काठमाण्डौंमा सबैभन्दा बढी

0
Shares

पछिल्लो २४ घण्टामा चार अंकमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५०८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा र ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जना गरी कुल १ हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २६२ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ । यस अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ । 

अहिले नेपालमा ६ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् । क्वारेन्टाइनमा ८५ जना रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ । 

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ बैशाख २०७८, आइतबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।