.png)
बैशाख लागेपछि सोमबारसम्म १ हजार ५०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार भने ३०० रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ ।
सोमबार छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँ बढेर ९१ हजार, तेजावी ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया