मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MEROPO) को लिलाम बढाबढमा बिक्रीमा ल्याइएको संस्थापक शेयरमा प्रारम्भिक कटअफ मूल्य न्यूनतम बोलकबोल मूल्य नै कायम भएको छ ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा बुधबार बिहान खोलिएको गोप्य शिलबन्दी बोलपत्रबाट ४३७ रुपैयाँ नै कटअफ कायम भएको हो । उक्त शेयर खरीदका लागि ३७ वटा आवेदन परेको क्यापिटलले जानकारी दिएको छ ।
एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर बिक्रीका लागि चैत ४ गतेदेखि वैशाख ७ गतेसम्म बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्रमा न्यूनतम ४३७ रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नेुपर्ने तथा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।
यस लिलामीबाट एनआईसी एशिया बैंकले १९ करोड ८६ लाख ४० हजार ६०६ रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया