
रिलायन्स फाइनान्सको बैशाख १० गते, शुक्रबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो ।
फाइनान्सको १० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता २६२ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । यससँगै आइतबार यसै मूल्यलाई आधार मानेर फाइनान्सको शेयर कारोबार खुल्नेछ ।
बैशाख ९ गते, बिहीबार कारोबार भएको अन्तिम मूल्य २८८ रुपैयाँका आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । फाइनान्सले लाभांश पारित गर्न कम्पनीले बैशाख २२ गते लैनचौर बैंक्वेटमा एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया