शिखर इन्स्योरेन्समा अभिकर्ता बन्ने अवसर

0
Shares

शिखर इन्स्योरेन्स (SICL) ले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको हो ।

कम्पनीले सञ्चालन गर्न लागेको उक्त तालिममा भाग लिन चाहाने व्यक्तिहरुले बैशाख १७ गतेसम्म इमेल मार्फत आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

उक्त तालिममा भाग लिनको लागि न्यूनतम शैक्षिक योग्यतता एसएलसी हुनु पर्ने कम्पनीले जानकारी दिएको छ ।

अभिकर्ता बन्न चाहाने व्यक्तिले निवेदनका साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, इमेल तथा मोबाइल नम्बर समेत उल्लेख गर्नु पर्ने कम्पनीले जनाएको छ ।

संस्थाको हकमा भने कुनै एक संचालकले तालिम लिनु पर्ने कम्पनीद्धारा जारी सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० बैशाख २०७८, शुक्रबार  १२ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।