
यस साता धितोपत्र बजारमा ८ कम्पनीको बोनस तथा हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार ५ कम्पनीको बोनस ३ कम्पनीको हकप्रद शेयर थपिएको हो।
स्टकका अनुसार साना किसान विकास लघुवित्त संस्थाको २५ लाख ५७३ कित्ता बोनस तथा १२ हजार ४४२ कित्ता हकप्रद शेयर थपिएको हो ।
यस्तै गरिमा विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावरको बोनश थपिएको हो । गरिमाको ४३ लाख ७२ हजार २३० कित्ता, इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता, १ लाख ४१ हजार ७५० कित्ता बोनस सूचीकृत भएको हो ।
यसैगरी नागरिक लगानी कोष, छ्याङ्दी हाइड्रोपावरको हकप्रद सूचीकृत भएको हो। नेप्सेका अनुसार नागरिक लगाानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता र छ्याङ्दी हाइड्रोको १ लाख ४१ हजार ७५० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
| Name | Listed Unit | Type of Listing |
| Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited | 2500573.56 | Bonus |
| Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited | 12442.00 | Right |
| Citizen Investment Trust | 13592592.00 | Right |
| Garima Bikas Bank Limited | 4372230.73 | Bonus |
| Nepal Investment Bank Limited | 18883750.00 | Bonus |
| Sadhana Laghubitta Bittiya Sanstha Limited | 392004.00 | Bonus |
| Narayani Development Bank Limited | 656169.00 | Right |
| Chhyangdi Hydropower Limited | 141750.00 | Bonus |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया