
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७९८ पीसीआर परीक्षणबाट शुक्रबार २ हजार ४४९ जना र ८६६ जनाको एन्टिजेन परीक्षण गराउँदा ११० जना गरी कुल २ हजार ५५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ९४० संक्रमित फेला परेका छन् । संक्रमितमध्ये काठमाडौंमा काठमाडौंमा ७६० जना, ललितपुरमा १०६ र भक्तपुरमा ७४ गरी ९४० जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यू भएको छ भने ४१० जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म २ लाख ९४ हजार ६०१ जनामा संक्रमण पुष्टि भएको छ भने २ लाख ७६ हजार ७५५ जनाले संक्रमणलाई पराजित गरेका छन् ।
हाल १४ हजार ७२४ जनामा संक्रिय संक्रमण रहेको पाइउको मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया