यस साता नेप्से सूचक ३.१९ प्रतिशत अर्थात ८७.३९ अंकले घटेर बन्द भएको छ । आइतबार २ हजार ७३५ दशमलव ३९ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार ६४८ बिन्दुमा घटेर बन्द भएको छ । ५ दिन खुलेको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय गर्यो ।
साताभरीमा नेप्से सूचकमा १५०.१४ अंकको उतार चढाव देखा पर्यो ।
२ हजार ७५९ दशमलव ८९ उच्चतम बिन्दुमा पुगेको नेप्से यसै साता २ हजार ६०९ दशमलव ७५ बिन्दुसम्म झर्न पुग्यो ।
यो साता २१८ कम्पनीको ७ करोड २९ लाख १८ हजार कित्ता शेयर ३२ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ ।
गत साता २३ अर्ब ३९ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएकोमा यस साता भने अघिल्लोे साताको तुलनामा कारोबार रकम ४०.२० प्रतिशतले बढेको हो । यो साता दैनिक औषतमा ६ अर्ब ५५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भयो । गत सात ७ अर्ब ७९ करोड ६८ लाख रहेको थियो ।
नेप्से घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरणमा पनि उच्च ह्रास आएको छ । गत साता ३७ खर्ब ८७ अर्ब रहेको कुल बजार पूँजीकरण यस साता १ खर्ब २१ अर्ब रुपैयाँले घटेर ३६ खर्ब ६६ अर्बमा संकुचित बनेको हो ।
सबै उपसमुहका सूचक घटे
यस साता कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । कारोबारमा आएकोमध्ये होटल तथा टुरिजम् मात्र १०.१३ प्रतिशतले घटेको छ भने सबैभन्दा म्युचुअल फण्ड कम ०.८१ प्रतिशतले घटेको छ ।
यस साता ब्यापा ४.९३ प्रतिशत, बैंकिङ्ग ४.४७ प्रतिशत, निर्जीवन बीमा ३.५६, लगानी ३.२५ प्रतिशत, विकास बैंक २.६०, उत्पादन २.३९ प्रतिशत तथा लघुवित्त २.०५ प्रतिशत, वित्त १.८६, जीवन बीमाको सूचक १.२५ प्रतिशत, अन्य २.०३, जलविद्युत ०.८२ प्रतिशतले घटेको हो ।
महिला लघुवित्तको शेयरमूल्य ६० प्रतिशत बढ्यो, उच्च मूल्य बढ्दा जोखिम पनि धेरै
यससाता महिला लघुवित्तको शेयरमूल्य ६०.७६ प्रतिशतले बढेको छ । आइतबार १m हजार २०८ मा कारोबार खुलको लघुवित्तको मूल्य ७३४ रुपैयाँ बढेर १ हजार ९४२ रुपैयाँ पुगेको हो । कम्पनीको शेयर कम भएकाले दोस्रो बजारमा कारोबार खुलेदेखि नैसकारात्मक सर्किट लाग्दै आएको छ । उच्च रुपमा मुलय बढेका कम्पनीको शेयरमा गरिने लगानी समेत जोखिमपूर्ण बनेको छ ।
ज्योति लाइफको पनि ६०.७१ प्रतिशत (३४३ रुपैयाँ) का दरले नै बढेको छ । कम्पनीके मूल्य ९०८ पुगेको छ । यसैगरी युनाइटेड मोदी हाइड्रोपावर, ग्रीज डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, जनउत्थान लघुवित्त, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, बिशाल बजार कम्पनी, र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य पनि दशदेखि १४ प्रतिशतसम्म बढेको छ ।
चन्द्रागिरीको लगानीकर्ताले धेरै गुमाए
यस साता चन्द्रागिरी हिल्सको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै १४.२६ अर्थात प्रतिकित्ता ३५५ रुपैयाँका दरले गुमाएका छन् । कम्पनीको शेयरको भाउ २ हजार १३५ मा झरेको छ ।
यसैगरी सिद्धार्थ बैंक, नागरिक लगानी कोष, लुम्बिनी जनरल इन्स्योरेन्स, ओरियन्टल होटल, प्राइम कमर्सियल बैंकको शेयरमूल्य ६ प्रतिशत बढीले घट्दा माउन्टेन इनर्जी नेपाल, मल्टिपपर्स फाइनानस, कुमारी बैंक, र एनआईसी एशिया बैंकको शेयरमूल्य पनि करिब ६ प्रतिशतले नै घटेको छ ।
एनआईसी एशिया लघुवित्तको सर्वाधिक कारोबार
यस साता एनआईसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ लाख ७२ हजार ९९४ कित्ता शेयर १ अर्ब २९ करोड ५० लाख ७६ हजार रुपैयाँमा कारोबार हुँदै रकमका आधारमा शीर्ष कारोबार हुने स्थानमा पुगेको हो ।
यस्तै निफ्राको १ अर्ब २३ करोड, एभरेष्ट बैंकको १ अर्ब ६ करोडको शेयर कारोबार भएको यस सातामा एनसीसी, नबिल, एचआईडिसीएल, नागरिक लगानी कोष, एनआईसी एशिया बैंक, अपर तामाकोशी र अरुण काबेलीको उच्च कारोबार भएको छ । यी कम्पनीको ७० देखि ९८ करोडसम्मको शेयर खरीद बिक्री भएको हो ।
कारोबार भएको शेयर संख्या, शेयर कित्ताको आधारमा पनि एनआईसी एशिया लघुवित्त अगाडि छ । कम्पनीको सबैभन्दा धेरै २६ हजार ६२७ वटा कारोबार भएको छ । निफ २३ हजार ४४५ वटा र ज्योति लाइफको १० हजार ३५५ वटा कारोबार भयो ।
कारोबार भएको शेयर संख्याको आधारमा एनआईसी एशिया लघुवित्तपछि हिमाल दोलखा हाइड्रोको २ लाख २८ हजार कित्ता शेयर कारोबार भएको छ भने निफ २ लाख १३ हजार, ग्लोबल आइएमई समुन्नत योजना २ लाख १२ हजार र अरुण काबेशलीको १ लाख ९६ हजार कित्ता शेयर कारोबारमा आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया