मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा २०९.४१ प्रतिशतले खुद नाफा बढेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी र अन्य सञ्चालन आम्दानीमा आएको बढोत्तरीले नाफासँगै प्रतिशेयर आम्दानीमा समेत सुधार आएको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा लघुवित्तले २९ करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा लघुवित्तले ९ करोड ५८ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अन्य सञ्चालन आम्दानीबाटै २० करोड आम्दानी गरेपछि लघुवित्तको नाफामा छलाङ्ग मारेको हो ।
चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी गत आवको यसै अवधिको तुलनामा २४.५९ रुपैयाँ बढेर ३९.५३ रुपैयाँ पुगेको छ ।
लघुवित्तको जगेडा कोष ६८.३३ प्रतिशत भई ४८ करोड १ लाख पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.६४ गुणा छ ।
चैत मसान्तसम्ममा लघुवित्तले २ अर्ब ३९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन तथा ९ अर्ब ९८ करोड २९ लाख रुपैयाँ सापटी लिएर १२ अर्ब ९९ करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले ५७ करोड १४ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी, २० करोड ९ लाख अन्य सञ्चालन आम्दानी र ३८ करोड ७३ लाख ९० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८१.८९, सञ्चालन आम्दानी नाफा २१८.७८, निक्षेप ५१.८१, सापटी १६६.८२, कर्जा १३१.८५, पूँजी १६.९४, जगेडा कोष ६८.३३, अन्य सञ्चालन आम्दानी ९०.१८ प्रतिशतले बढेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात १.७ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया