नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तान रहेको प्रहरीले जनाएको छ ।
मोक्तानलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट शुक्रबार पक्राउ गरेको हो ।
मोक्तानले काभ्रे पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’ मा काम लगाईदिने प्रलोभनमा पार्दै उनीहरूबाट ३९ लाख रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए ।
उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया