ज्योति लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन शतप्रतिशतले बढाएको छ ।
कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्म अर्थात चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीले २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो
गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले १००.९७ प्रतिशतले बीमाशुल्क संकलन बढाएको हो ।
कम्पनीको खुद नाफा भने ४.८९ प्रतिशतको समान्य वृद्धि देखिएको छ । कम्पनीले यस अवधिमा १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ११ कराोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले ८३ हजार १६७ बीमालेख जारी गरेर ५ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले २२८ दाबी बापत १० करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने अभिकर्ता कमिशनवापत ३४ करोड रुपैयाँ खर्चेको छ ।
आईपीओ जारीपछि चुक्ता पूँजी ४२.८६ प्रतिशतले बढाएर २ अर्ब २० करोड पुर्याएको छ । कम्पनीको जगेडा कोषमा ६०.५८ प्रतिशतले बढेर ६० करोड ४ लाख रुपैयाँ पुग्दा बीमा कोषको आकार १४८.९५ प्रतिशतले बढेर ३ अर्ब ४९ करोेड ६७ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको महाविपत्ती कोष ६०.५८ प्रतिशतले बढेर ६ करोड ६७ लाख कायम भएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७.३२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३०.३३ रुपैयाँ, मूलय आम्दानी अनुपात ७०.२२ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया