लक्ष्मी लघुवित्तको नाफा पौने १६ करोड, प्रतिशेयर आम्दानी कति ?

0
Shares

लक्ष्मी लघुवित्त (LLBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ७६ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ९ करोड ८९ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले खुद नाफा ५९.४३ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.३० रुपैयाँ बढेर ६५.६९ रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष २०.६५ प्रतिशत बढेर ३२ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २ अर्ब ४ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ७५ करोड ८१ लाख रुपेयाँ सापटी गरी ६ अर्ब २७ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट ३५ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी र २४ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६०, सञ्चालन नाफा ५९.९८, निक्षेप ३४.८२ र कर्जा लगानी ३८.६६ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ३.१४, कोषको लागत ६.४३, प्रतिशेयर नेटवर्थ २०३.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.७५ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ बैशाख २०७८, सोमबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।