आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २० करोड ५३ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा १५ करोड १४ लाख ४९ हजार नाफा कमाएको यस लघुवित्तले समीक्षा अवधिमा ३५.५८ प्रतिशतले नाफा बढाएको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको चुक्ता पूँजी १५, जगेडा कोष १०, खुद ब्याज आम्दानी २४.९८, सञ्चालन नाफा १५.३१, सापटी ९.४५ र कर्जा लगानी २७.७७ प्रतिशतले बढेको छ ।
चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख २१ ह्जार रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४.०२ रुपैयाँले बढेर २६.४७ रुपैयाँ कायम भएको छ । लघुवित्तको जगेडा कोषमा १ अर्ब ७१ करोड ९५ लाख रुपैयाँ सञ्चित रहेको छ । लघुवित्तको पूँजीभन्दा जगेडा कोष १६६ प्रतिशत धेरै मजबुत देखिएको छ ।
चैतसम्म कम्पनीले ८ अर्ब ४५ करोड ३२ लाख रुपैयाँ सापटी लिएर १० अर्ब ७१ करोड ६६ लाख रुपैयाँ कर्जा सिवस्तार गरेको छ । यसबाट लघुवित्तले ३० करोड ६० लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी र २७ करोड ४६ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । लघुवित्तको खुद ब्याज आम्दानी २४.९८ र सञ्चालन नाफामा १५.३१ प्रतिशतको बढोत्तरी आएको हो ।
चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६६.२७ रुपैयाँ, खराब कर्जा अनुपात ०.०५ प्रतिशत, कोषको लागत ४.४८ प्रतिशत र मूल्य आम्दानी अनुपात ४६.४३ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया