हेटौँडा सिमेन्ट उद्योगले एकैपटक दुई आर्थिक वर्षको (१५ औँ र १६ औँ) वार्षिक साधारण सभा आह्वान गरेको छ ।
उद्योगको गत चैत्र २५ गते बुधबार बसेको सञ्चालक समितिको १२८६ औँ बैठकले जेठ ७ गते शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा डाकेको हो ।
सभा दिउँसो १ बजेबाट सञ्चालन हुने उद्योगले जनाएको छ ।
सभामा महालेखापरीक्षकको कार्यालयबाट भएको लेखापरीक्षकको नियुक्ती अनुमोदन, आव २०७३÷०७४, २०७४÷०७५ र २०७५÷२०७६ को वासलात, नाफानोक्सान हिसाब लगायतका विषयहरु छलफल हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया