
नेपाली बजारमा सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको १ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार २ सय रुपैयाँ, तेजावी ९० हजार ७ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ तोकिएको छ ।
सोमबारको तुलनामा मंगलबार चाँदी तोलाको ५ रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ, तेजावी ९० हजार ८ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया