लाभांश वितरण नगर्दा एक्सेल डेभलपमेन्ट बैंकको शेयरधनीकोष ९५ प्रतिशतले बढ्यो

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को शेयरधनी कोषको आकार गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगरेपछि करिब दोब्बर बनेको छ ।

मंगलबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार १० करोडको शेयरधनी कोष १९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । जुन ९५.६६ प्रतिशत धेरै हो ।

बैंकले ट्रेडिङ्ग आम्दानीबट २ करोड बढी नाफा कमाएपछि खुद नाफा बढेको हो । बैंकको वितरणयोग्य नाफा ९ करोड ५७ लाख ८ हजार रुपैयाँ रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ११ करोड ७७ लाख ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ६० लाख रुपैयाँ नाफा गरेकोमा ३६.८० प्रतिशतले नाफा बढेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा ११ अर्ब ६ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ९ अर्ब ३ करोड १ लाख रुपेयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ३२ करोड ७१ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १६ करोड ८२ लाख ६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चैतसम्म बैंकको निक्षेप ९.११, कर्जा १५.६४, र सञ्चालन नाफा ३६.८० प्रतिशतले बढेको छ भने यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ । बैंकको खुद ब्याज आम्दानी ०.७६ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी ८१ करोड ११ लाख २१ ह्जार रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १९.३६ रुपैयाँ रहेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २.७९ रुपैयाँ धेरै हो ।

बैंकको जगेडा कोष १७.१५ प्रतिशतले बढेर २६ करोड ९४ लाख ८४ हजार रुपैयाँ सञ्चित भएको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात २.६२, कोषको लागत ४.७१ प्रतिशत, आधार ब्याजदर ७.१३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५७.९६ रुपैयाँ छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलबार  १४ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।