सुन एक हप्तामा १ हजार ७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

एक हप्ता यता सुनचाँदीको मूल्य लगातार घटेको छ । गत बिहीबारको तुलनामा बैशाख १५ गते बुधबार नेपाली बजारमा सुन तोलाको १ हजार ७०० रुपैयाँ चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार पनि नेपाली बजारमा सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलाको १० रुपैयाँले घटेको छ ।

बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ५०० रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ, तेजावी ९० हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

बैशाख ९ गते बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदी १ हजार ३३५ रुपैयाँसम्ममा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ बैशाख २०७८, बुधबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।