सनराइज बैंक बैंक लिमिटेड (SRBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १३ करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा ९३ करोड ५२ लाख ८३ हजार खुद नाफा कमाएको बैंकको २०.८२ प्रतिशतले नाफा बढाएको हो ।
बैंकको वितरणयोग्य नाफामा पनि उच्च सुधार आएको छ । गत आवको यसै अवधिमा १७ करोड ५५ लाख २० हजार रहेको ऋणात्मक रहेको यस्तो नाफा ३१ करोड ८३ लाख १ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ रहेको बैंकको ५.८० प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी १.९७ रुपैयाँले बढेको छ । बैंकको प्रतिशेयर आम्दानी १५.८८ रुपैयाँ छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब १ अर्ब १९ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ५७ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ६८ करोड १ लाख ७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.१७ प्रतिशतले घटेपनि सञ्चालन नाफा २५.८८ प्रतिशतले बढेको छ । निक्षेप संकलन १२.१६ प्रतिशत, कर्जा लगानी १५.८१ प्रतिशतले बढेको छ ।
बैंकको जगेडा कोषमा ३ अर्ब ८४ करोड ५१ लाख ५३ हजार र शेयरधनी कोषमा १ अर्ब १२ करोड ३४ लाख ५३ हजार रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १४.४७, खराब कर्जा अनुपात १.३२, कोषको लागत ७.२७, कर्जा निक्षेप अनुपात ७६.३७, आधारदर १०.०२, स्प्रेडदर ४.८६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५२.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५३ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया