
नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंगस् उत्पादक मंगलम उद्योग प्रा.लि.को सिदार्थ नगर कारखानामा मंगलबार भएको आगलागीबाट ७ करोड बढीको क्षति भएको छ ।
नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम उद्योगको सिदार्थ नगर कारखानामा मंगलबार बिहान नजिकैको मैदानमा जलेको परालबाट आगो शुरू भएको थियो ।
आगलागीबाट करिब ५ देखि ७ करोड सम्मको उत्पादनमा क्षति भएको छ भने गोदाम शेडमा आगोले क्षति पु«¥याएको छ । थप क्षतिको अनुमान भैरहेको जनाएको छ ।
मंगलम उद्योग प्राइवेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरीवालले भने, ूउद्योगमा रहेका सामग्री लगायतका विभिन्न संरचनाहरू आगलागीबाट क्षतिग्रस्त भएका छन्। हामीले उद्योगमा उचित फायर प्रोटोकलको पालना गरे तापनि यो घटनालाई रोक्न भने सकेनौँ ं। तर फायर प्रोटोकलहरू प्रतिको हाम्रो कट्टर पालनाको कारणले क्षति केही हदसम्म कम भएको छ ।ू
निर्देशकले दुर्घटनाको क्रममा कोही पनि घाइते नभएको र आगो निभाउने उपकरणहरू प्रयोग गरेका हाम्रा कारखानाका कर्मचारीहरूको कडा परिश्रमबाट र सिद्धार्थ नगरपालिकाको फायर ब्रिगेड टीम, नेपाल पुलिस, नेपाली सेना र स्थानीय अधिकारीहरूको सहयोगबाटहामीले आगोलाई रोक्न सक्षम भर्यौं र २ घण्टा भित्र नै आगो नियन्त्रणमा लिन सकिएको जानकारी दिए ।
सिद्धार्थ नगर कारखानाका कारखाना प्रमुख प्रदीप शुक्लाका अनुसार आगलागी हुँदा नियमित अग्नि सुरक्षा अभ्यासहरुका कारण हामीलाई आगो नियन्त्रण गर्न र बाँकी सुविधालाई बचाउन सकिएको बताए । सो बेला सुरक्षा अभ्यास र आपतकालिन विधिहरू विधिवत पालना गरिएका कारण क्षति कम गर्न सकेको उनको भनाई छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया