सिटी एक्सप्रेस र फेडरल एक्सचेञ्ज युएईबीच रेमिट्यान्स कारोबार सुरु

0
Shares

युएईको ख्याति प्राप्त फेडेरल एक्सचेञ्ज (युएई) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।

अब युएईमा रहेका नेपालीहरुले फेडेरल एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडेरल एक्सचेञ्जका महाप्रबन्धक रजह आरआर लियानेगले हस्ताक्षर गरे ।
सिटी एक्सप्रेसले विगत १४ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ बैशाख २०७८, बिहिबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।