विश्वभर फैलिदै गएको नयाँ कोभिड(१९ को नयाँ भेरियन्ट संक्रमण नेपालमा पनि तीव्र रुपमा फैलन थालेपछि बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड संक्रमण दर तीव्र रुपमा बढ्दै गएपछि सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो । आजबाट उपत्यकामा सहित देशभरका एक दर्जन बढी जिल्लाहरुमा निषेधाज्ञा सुरु गरिएको छ ।
निषेधाज्ञाको समयमा इजाजत प्रदान गरिएका विभिन्न सेवा तथा सवारीहरुलाई खुकुलो बनाएको छ भने कति व्यवसायहरुलाई समय तोकेर खुला हुने अवधि निर्धारण गरिएको छ ।
लकडाउन अवधिभर आजबाट सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समुहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रालय चिडियाखाना बन्द गरिएका छन् ।
त्यस्तै अत्यावश्यक सामाग्री बोकेका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सार्वजनिक तथा निजि सवारी साधानलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ ।
त्यस्तै खाद्य साामाग्री र औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय लकडाउन अवधीभर बन्द रहने जिल्ला प्रसाशन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
- के-के निषेध गरिएको छ ?
बिहीबार बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञामा अत्यावश्यक बाहेक सबै सेवा र व्यापार/व्यवसाय, सार्वजनिक र निजी सवारी साधन चलाउन बन्देज गरिएको छ । खाद्य समाग्री, औषधि तथा स्वास्थ्य सामाग्री पसल बाहेक पस व्यवसाय सञ्चालनमा रोक लागाइएको छ ।
यसैगरी सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना खोल्न र अत्यावश्यक सेवा बाहेकका सार्वजनिक सेवा तथा गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।
- के के गर्न निषेध गरिएको छैन ?
निषेधाज्ञाको समयमा अत्यावसेक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, ढुवानीका साधन, खाद्यान्न, फोहोरमैला, स्वास्थ्य, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, बैंक, वित्तीय संस्था, कुरियर, डाँक सेवा, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायात साधन विषय उल्लेख गरि सञ्चालन गर्न पाइनेछ ।
यसैगरी सरकारका कर्मचारीहरू, बैंक, वित्त, बीमा तथा अत्यावश्यक सेवाका कर्मचारीहरूको आवतजावत, सञ्चारकर्मीहरूको आवतजावतलाई पनि अनुमति दिइएको छ ।
सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिइ सवारी प्रयोग गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्था र अन्य सेवाका कर्मचारी परिचय पत्रको आधारमा आवत जावत गर्न पाउनेछन् । उपत्यकामा नेपाल राष्ट्र बैंक र बैंकर्स संघको बैठकले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ४ घण्टा बैंक तथा वित्तीय संस्थाहरुबाट सेवा प्रदान गरिने समयतालिका निर्धारण गरिएको छ ।
सञ्चारकर्मी पत्रकारहरुले सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।
औषधि पसलहरू, खाद्य सामग्री तथा डिपार्टमेन्ट स्टोरका ग्रोसरी पसलहरू (दैनिक बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म) खुला राख्न छुट दिइएको छ ।
विवाह र ब्रतबन्धजस्ता कार्य गर्नका लागि अनुमति लिएर बढीमा १५ जना सहभागी हुने गरी स्वीकृति लिन सकिन्छ भने अस्पताल जानुपर्ने बिरामी, कुरुवा एवं मृत्यु संस्कारमा अनिवार्य जानुपर्ने एवं अन्तर्राष्ट्रिय उडानका भिषा र टिकट हुनेहरूले अनुमति लिएर यात्रा गर्न पाउने छन् । यस्ता सवारी साधनलाई सिधै एयरपोर्ट जाने गरी सहजीकरण गरिने व्यवस्था मिलाइएको छ ।
विवाह तथा ब्रतबन्धका लागि १५ जना सम्मको सहभागी र ब्यानर सहितको २ वटा सम्म सवारी साधन सञ्चालनमा कुनै रोक हुने छैन ।
यसैगरी काठमाण्डू उपत्यका प्रवेश गर्ने व्यक्तिहरू अनिवार्य रूपमा तोकिएका क्वारन्टीन/होम आइसोलेशनमा बस्नुपर्ने आदेश गरिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया