कोरोना संक्रमणबाट हालसम्मकै उच्च एकैदिन ३५ जनाको मृत्यु, ४९२९ जनामा संक्रमण पुष्टि

0
Shares


कोरोना भाइरस संक्रमण कोभिड १९ का कारण एकैदिन ३५ जनाको मृत्यु भएको छ । यो संख्या नेपालमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको हालसम्मकै उच्च हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ जना पुगेको छ ।  यसअघि कात्तिक १९ गते कोभिड १९ संक्रमणका कारण एकैदिन सबैभन्दा धेरै ३० जनाले मृत्युवरण गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चोबीस घण्टामा ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दशेभर १२ हजार ५९७ पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी कुल ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ जना रहेको छन् ।

उपत्यकामा थप १ हजार ५६१ जनामा संक्रमण

कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमध्ये उपत्यकाको दर सबैभन्दा उच्च रहेको छ । उपत्यकामा मात्रै कुल संक्रमितको ३१.६७ प्रतिशत संक्रमण रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका १ हजार १२७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना गरी उपत्यकामा कुल १ हजार ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ बैशाख २०७८, बिहिबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।