सामुदायिक लघुवित्तको निष्क्रिय कर्जा बढेपछि घट्यो नाफा

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) को खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा २०.७४ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ७१ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ लाख ४९ हजार रुपैयाँ कम हो ।

गत आवको यसै अवधिमा लघुवित्तले २ करोड ६ लाख ५९ हजार खुद नाफा आर्जन गरेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खराब कर्वा अनुपात ४.०३ प्रतिशतले बढेर ६.०८ प्रतिशत पुगेको छ र खराब कर्जा बढेसँगै लघुवित्तको नोस्सानी व्यवस्था ७० लाखबाट बढेर २ करोड ९४ लाख नाघेको छ । यसले खुद नाफा घटेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी भने १ करोड ६६ लाख बढेर ७ करोड ९९ लाख पुगेको छ भने सञ्चालन नाफा भने कर्जा नोक्सनी व्यवस्थाका कारण १ करोड २७ लाख घटेर १ करोड ८९ लाख रुपैयाँमा संकुचित बनेको छ ।

चैत मसान्तसम्ममा लघुवित्तले ४९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन तथा ६९ करोड २८ लाख रुपैयाँ सापटीबाट १ अर्ब २९ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँ रहेको यस लघुवित्तको प्रतिशेयर आम्दानी १७.२८ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ८२.४५ गुणा छ । लघुवित्तको जगेडा कोषमा ६ करोड ६५ लाख रुपैयाँ सञ्चित हुँदा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५०.३८ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ बैशाख २०७८, शनिबार  १० : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।