
कोराना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै तीव्र रुपमा संक्रमित बढ्न थालेपछि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ ।
शनिबार बिहानसम्म मुलुकका ७७ जिल्लामध्ये २० जिल्ला पूर्णरुपमा बन्द छन् भने थप ५ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । सरकारले अत्यावश्यक सेवा सुविधा बाहेक अन्य सम्पूर्ण सेवा सुविधामा रोक लगाउदै सुरक्षित रहन लकडाउन अर्थात निषेधाज्ञाको घोषणा गरेको हो ।
धेरैजसो स्थानहरुमा जेठ २२ गतेसम्म निषेधाज्ञा लगाइएको छ भने बैशाख १९ गते आइतबारदेखि निषेधाज्ञा जारी गर्न लागिएको सल्यानमा जेठ १ गतेसम्म रहेको छ । अन्य स्थानहरुमा बैशाख मसान्त वा आगामी शुक्रबार वा शनिबारसम्म निषेधाज्ञा जारी गरिएको छ ।
कुन ठाउँको निषेधाज्ञा कहिलेसम्म जारीरहन्छ हेर्नुहोस् सूची:-

वैशाख १३ गतेको को मन्त्रिपरिषद बैठकले काठमाण्डौं उपत्यका र तराईका जिल्लामा ५०० भन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्दै आएका छन् ।
सरकारले जारी गरेका निर्देशन एवं स्वास्थ्य मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी निषेध आदेशको पूर्ण रुपमा पालना गरी संक्रमण फैलन नदिन सवै पक्षलाई सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया