भन्सार छलीको ६ लाख ३२ हजार बराबरको कपडा बरामद

0
Shares

नेपाल प्रहरीले भन्सार छली ल्याएको ६ लाख ३२ हजार ९४० रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

ईटहरी उपमहानगरपालिका–१७ लविपुरस्थित सडकमा सवारी साधन जाँच गर्ने क्रममा अवैध रुपमा १३ बोरामा ल्याएको लत्ताकपडा शुक्रबार साँझ प्रहरीले बरामद गरेको हो ।

उक्त कपडा को. १ ख ४२७५ नम्बरको बसमा जाँच गर्ने क्रममा फेला परेको हो । कपडाधनीको खोजी भइरहेको छ ।

बरामद कपडा आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशीव्यारेज सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।