.png)
सुनको मूल्य साताको पहिलो दिन आइतबार नेपाली बजारमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलाको १०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २९५ रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ९०० रुपैयाँ, तेजावी ८९ हजार ४५० रुपैयाँ र चाँदी १ हजार २९५ रुपैयँमा कारोबार भएको थियो ।
आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया