मारुती सिमेन्ट उद्योगले ५३ ग्रेडको ओपिसि सिमेन्ट उत्पादन सुरु गरेको छ ।
यसअघि ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले शर्वशक्तीशाली ५३ ग्रेडको ओपिसि सिमेन्ट उत्पादन थालेको हो ।
नेपाल सरकारले हालै मात्र सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुरुप नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्टले सर्वशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपिसी सिमेन्टको उत्पादन थालेको हो ।
उद्योग ५३ ग्रेडको गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी रहेको दाबी उसको छ ।
पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट मारुती सिमेन्टको उत्पादन थालेको हो ।
मारुती सिमेन्ट उद्योगले नेपाली सिमेन्ट जगतमा १५ वर्ष अगाडिबाटै नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने उद्योगको रुपमा आफ्नो उत्पादन सुरु गरेको थियो ।
नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित गराउने श्रेय उद्योगले सम्पूर्ण उपभोक्ता महानुभावहरु, कनट्रयाक्टरहरु, इन्जिनियरहरु, शुभ–चिन्तकहरु तथा मारुती सिमेन्टसँग आबद्द सम्पूर्ण सहकर्मीहरुलाई दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया