सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा रकम पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ ।
कम्पनीले नेपालमा पुनः देखिएको कोभिड – १९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पु¥याउने योजना ल्याएको हो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउँदा नेपालभरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ ।
रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेबसाइट बाट पठाउन सकिन्छ ।
कोभिड-१९ को कारण यस विषम् परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका गा्रहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोचले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएका छन् ।
हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबैभन्दा छिटो बढ्दै गरेको नेपाली रेमिटान्स ब्रान्ड बन्दै गएको छ ।
सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया