समता घरेलु लघुवित्त (SMATA) ले चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राहीको खातामा जम्मा गरेको छ ।
लघुवित्तको गत पुस १४ गते सम्पन्न ६ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार मिल्नेगरी बैशाख २० गते सूचीकृत भएको हो ।
यद्यपी बैशाख पहिलो हप्तादेखि घरेलु लघुवित्तसँग एकीकृत कारोबार थालेको भएपनि लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का नै रहेकाले उक्त शेयर खरीद बिक्रीका लागि भने केही समय पर्खनुपर्ने देखिन्छ ।
लघुवीत्तले मर्जर सम्झौता गरेपछि धितोपत्रको दोस्रो बजारमा २०७७ वैशाख ३० गते अन्तिम दिन कारोबार भएकाले सो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीको हितग्राही खातामा बोनस जम्मा गरेको हो ।
लघुवित्तको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया