नेपाल पुनर्बीमा कम्पनीको संचालकमा पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् ।
कम्पनीले बैशाख २१ गते कार्यकाल सकिन लागेका पाण्डे र अर्याललाई आगामी साधारण सभासम्मको लागि संचालकमा निरन्तरता दिने गरि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
संचालक समितिको बैशाख १९ गते आईतबार सम्पन्न बैठकले उनीहरुलाई आगामी साधारण सभासम्मको लागि संचालकमा नियुक्त गर्ने र आगामी साधारणसभाबाट उक्त नियुक्ति अनुमोदन गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले जानकारी दिए ।
पाण्डे र अर्यालले नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया