
रैराङ हाइड्रोपावर (RAIRANG) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले ४.३८ प्रतिशतले नाफा बढाएको हो ।
कम्पनीले सञ्चालन गरेको इवाखोला र रैराङ खोला जलविद्युत आयोजनाबाट विद्युत बिक्री तथा अन्यबाट हुने आम्दानीमा भने आकर्षक सुधार गरेको छ । यद्यपी ब्याज खर्च बढ्दा नाफा भने सामान्य बढेको छ ।
यस अवधिमा कम्पनीले १७ करोड २ लाख ४८ हजार रुपैयाँ विद्युत बिक्री तथा अन्यबाट आय गरेको छ । गत आवको यसै अवधिमा १० करोड ३७ लाख रुपैयाँ आम्दानी गरेकामा यस्तो आम्दानी ६४ प्रतितशतले बढेको हो ।
यस्तै सञ्चालन नाफा ८ करोड ८८ लाखबाट ५ करोड ५१ लाख बढेर १४ करोड ३९ लाख पुगेको छ ।
चुक्ता पूँजी ५६ करोड रुपैयाँ कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३.०३ रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड ४८ लाख ८३ हजार रुपैयाँ सञ्चित हुँदा प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया