सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

सुनचाँदीको मूल्य नेपाली बजारमा बुधबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ९० हजार ३०० रुपैयाँ, तेजावी ८९ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १०० रुपैयाँ र चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।